नाडाल र जोकोभिक भिड्ने

म्याड्रिड : लगातार आठपटकका विजेता राफेल नाडाल मन्टे कार्लो मास्टर्स टेनिसमा पुन: एकपटक फाइनल पुगेका छन् । उनले यसपटक उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिकविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ । सेमिफाइनलमा स्पेनिस नाडालले फ्रान्सका जो विलफ्राइड सोंगालाई सोझो सेटमा पराजित गरे । सोझो सेटमै विजयी सर्वियन जोकोभिकले इटालीका फाबियो फोग्निनीलाई ६–१ र ६–२ ले पराजित गरे ।
पूर्वविश्व नम्बर एक नाडाल यस वर्ष चौथो उपाधि जित्ने प्रयासमा रहेका छन् । घुँडाको चोटका कारण लामो समयपछि कोर्टमा फर्किएयता पाँचौँ प्रतियोगिताका रूपमा यो प्रतियोगिता खेल्ने क्रममा उनले लगातार ४६औँ जित हात पारे । यसअघि यस प्रतियोगितामा दुईपटक जोकोभिकविरुद्ध फाइनल खेलेका नाडाल ती सबैमा विजयी भएका थिए । (सौस)

प्रतिक्रिया