बलात्कारमा संलग्नहरुलाई कडा कारवाहीको माग

IMG_4093

रुपन्देही, ८ वैशाख । सामूहकि बलात्कारमा परेकी नवलपरासी सुनवल नगरपालिका–३, लक्ष्मीटोलकी २१ वर्षीया महिलालाई न्याय र पीडकलाई कारबाहीको माग गरेर स्थानीयले बुटवलमा प्रदर्शन गरेका छन् ।
उनीहरुले पीडकलाई कानूनी कारबाही र उचित क्षतिपूर्तिको माग गरिहएको जनाए । जुलुसपछि स्थानीयले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना पनि दिए ।
रुपन्देही र नवलपरासीका विभिन्न गाउँबाट बस रिजर्भ गरेर आएका महिला, विद्यार्थी, बालबालिका तथा अन्य स्थानीयले प्रहरी प्रशासन विरुद्ध नारावाजी समेत गरे ।
सामूहिक बलात्कारको आरोपमा नवलपरासी केरवानी–१ का २९ वर्षीय लालबहादुर क्षत्री, केरवानी–२ का १७ वर्षीय अशोक विक, दाङ पुरनधारा–२ घर भई केरावानीमा बस्दै आएका ३० वर्षीय डिल्ली घर्तीमगर र कपिलवस्तुको पटवा–२ का २३ वर्षीय विष्णु लोनिया चौहानलाई प्रहरीले चार दिन अघि गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया