इस्टिकवाल होम फर्निचर नेपाली बजारमा

काठमाडौं : अखिल टेडिङ कन्सर्न प्रालिले युरोपको सुपरिचित होम फर्निचर ब्रान्ड इस्टिकवाल नेपाली बजारमा ल्याएको छ । त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा रहेको अखिल ट्रेडिङले आफ्नो सोरुमको शुक्रबारबाट सञ्चालनमा ल्याएको हो ।
सोरुममा भिक्टोरियनदेखि नियो क्लासिकल एवं अत्याधुनिक शैलीका डाइनिङ सेट, आलिसान बेडरुम सेट, ड्रेसिङ टेबललगायतका गुणस्तरीय फर्निचर उपलब्ध छ । त्यसैगरी इस्टिकवलका टेक्सटाइल उत्दानहरू जस्तै तन्ना, तकिया, कार्पेट लगायत छन् ।
इस्टिकवलका उत्पादनले नेपाली उपभोक्ता वर्गको मन जित्न सफल भई छुट्टै पहिचान बनाउने कम्पनीका अध्यक्ष अखिलकुमार चापागार्इंले बताए । युरोपकै पछिल्लो उन्नत डिजाइन र प्रविधि नेपाली उपभोक्ताको जीवन–शैलीमा नयाँ आयाम आउने उनले बताए ।

प्रतिक्रिया