सिमेन्ट उद्योगको दादागिरिबाट काभ्रेली आजित

Ghorahi Cimentदाङ, ६ वैशाख । दाङको लक्ष्मीपुर गाविसस्थित गोग्लीमा रहेको ‘घोराही सिमेन्ट’ उद्योगका कारण स्वास्थ्य र वातावरणमा गम्भीर असरपरेको भन्दै आक्रोश जनाएका छन् ।
सिमेन्ट प्रभावित स्थानीयले पूर्वसहमति अनुसार विकास निमार्ण र रोजगारीलगायतका मागप्रति वेवास्ता गरेको भन्दै आन्दोलनको चेतावनी दिएका हुन् ।
खानीक्षेत्र काभ्रेको तापाका स्थानीयले चुनढुङगा बोक्ने ट्रिप्परका कारण आफूहरुले स्वास्थ्य र वातावरणीय समस्या भोग्नु परेको जनाए । पीडितहरुले आज घोराहीमा पत्रकार सम्मेलन गरेर वातावरणको समस्याप्रति उद्योग सञ्चालकले वेवास्ता गरेको आरोप लगाए ।
धुँवाधुलोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न लागे पछि काभ्रेका स्थानीयले ‘घोराही सिमेन्ट’ विरुद्ध ११ दिन देखि आन्दोलन समेत गर्दै आएका छन् ।
सिमेन्ट उद्योगका पब्लीक रिलेशन अफिसर विकास शर्माले सडकमा कालोपत्रे गर्ने जिम्मेवारी आफूहरुको नरहेको बताए । ‘सडकमा कालोपत्रे गर्ने काम सरकारको हो,’ शर्माले भने, ‘उद्योगले सडकमा पानी मात्रै हाल्छ ।’
उनले भत्कीएका सडकमा ग्रेभल सम्म गर्ने बताए । स्थानीयहरु नै वार्तामा बस्न नमानेको उनको भनाई छ । ‘उद्योगको मालिकनै वार्तामा बस्नु पर्छ,’ शर्माले भने, ‘स्थानीयका यस्ता माग हामीहरुलाई मान्य छैन ।’
उनीहरुले काभ्रेको तापासम्मको सडक कालोपत्रे हुनुपर्ने, स्थानीयसँग विगतमा भएको १२ बुँदेसहमति कार्यान्वयन हुनु पर्ने, काभ्रे गाविसको परिषद्ले गरेको निर्णय अनुसार कर उठाउनु पाउनु पर्ने, तापाका स्थानीयलाई खानेपानी र रोजगारको ब्यवस्थालगायतका माग राखेका छन् ।
उनीहरुले वातावरण प्रभाव मूल्यांकन प्रतिवेदनमा उल्लेख भएका प्रतिवद्धता कार्यान्वयन हुनु पर्ने, वातावरण संरक्षणका लागि तत्काल बृक्षारोपण गर्नु पर्नेलगायतका माग पनि राखेका छन् ।
उद्योगका कारण दाङका अधिकांश सडक भत्कनुका साथै वातावरणमा समस्या आएको स्थानीयको भनाई छ ।

प्रतिक्रिया