दुर्घटनामा एक जनाको मृत्यु/२६ यात्रु घाईते

makwanpurहेटौडा, ६ वैशाख । मकवानपुरमा आज भएका फरक/फरक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २६ यात्रु घाईते भएका छन् ।
पूर्व पश्चिम महेन्द्र राजमार्गको मनहरी–२, सुनाचुरीमा बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु भएको छ । नारायणगढबाट हेटौंडा आउँदै गरेको ना ४ ख ४३४८ नम्बरको बसले ना ४ ख १६३२ नम्वरको ट्रकलाई ठक्कर दिदा १८ यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ ।
यसैवीच, सोही स्थानमा ना ३ ख ५३५७ नम्वरको ट्रकले ना ४ ख ७८६८ नम्वरको बसलाई ठक्कर दिँदा ८ जना घईते भएका छन् । घाईतेको चितवनमा उपचार भईरहेको छ ।
चट्याङ लाग्दा सात जना घाईते
मकवानपुरकै फाखेल–४ मा चट्याङ लागेर एकै गाउँका ७ जना घाईते भएका छन् । घाईते मध्ये ५७ वर्षीय कान्छीमाया लामाको अवस्था गम्भीर रहेको प्रहरी चौंकी फाखेलले जनाएको छ ।
उनलाई उपचारका लागि काठमाडौं लगिएको छ । अन्यको स्थानीय स्वास्थ्य चौंकीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया