मनोज र श्रीरामको जोडी सेमिफाइनलमा

Local-tennisकाठमाडौं, ६ वैशाख । मनोज राणा र श्रीराम मगरको जोडी दोस्रो सिटिजन्स बैंक टेनिस प्रतियोगिताअन्तर्गत भेट्रान ३५ वर्षमाथिको पुरुष युगलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनल प्रवेशको क्रममा राणा र मगरको जोडीले धर्म शाही र राजेश श्रेष्ठको जोडीलाई ६–३ र ६–० ले पराजित गरेको हो । सोही समूहमा राजेश क्षत्री र राजु क्षत्रीको जोडीले सूर्यभूषण बज्राचार्य र केशव पाण्डेको जोडीलाई ६–० र ६–० ले स्तब्ध पार्दै मनोज राणाको जोडीसँग सेमिफाइनलमा भेट पक्का गरेका छन् । त्यस्तै सोभितमान श्रेष्ठ र चन्द्र शाहीको जोडीले विनोद कायस्थ र विकास गुरुङलाई ६–४ र ६–३ ले तथा कमल भण्डारी र महेश श्रेष्ठको जोडीले सानु लामा र दिनेश तुलाधरको जोडीलाई ७–६ र ६–१ ले पाखा लगाउँदै सेमिमा आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा सञ्चालन भएको भेट्रान ३५ वर्षमाथि सानु लामाले गौरीशंकर श्रेष्ठलाई ६–३ र ६–३ ले, श्रीराम मगरले करिमुल मुस्लिमलाई ६–१ र ६–३ ले, राजेश क्षत्रीले सुकुमान तामाङलाई ६–१ र ६–१ ले तथा रोहित सुनवारले सुनित गिरीलाई ६–१ र ६–१ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । सेमिमा सानुले श्रीरामको सामना गर्नेछन् भने राजेशले रोहितसँग स्पर्धा गर्नेछन् ।
अखिल नेपाल लनटेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगिताको भेट्रान ४५ वर्षमाथिको पुरुष एकलमा सोभितमानले सुवर्ण धाख्वालाई ६–३ र ७–५ ले, प्रताप मोत्तानले गोपालदास मानन्धरलाई ६–३ र ६–१ ले तथा हरवेन्द्र सिंहले राजु श्रेष्ठलाई ६–१ र ६–४ ले हराउँदै सेमिफाइनलमा पुगेका छन् । सोही समूहमा कृष्णराज घलेले देउनम लामाबाट वाकओभर पाएका छन् । घलेको सिंहसँग र श्रेष्ठको मोक्तानसँग सेमिफाइनलमा भेट हुनेछ ।
त्रिपुरेश्वरको टेनिस कोर्टमा भएको भेट्रान ५५ वर्षमाथिको पुरुष एकलमा दीपक श्रेष्ठ र दार्जिलिङका देउनम लामा फाइनलमा प्रवेश गरेका छन् । दीपकले विदुर विस्टलाई ७–६ र ६–१ ले तथा देउनमले पृथ्वी थकालीलाई ६–३ र ६–१ ले हराएका थिए ।

प्रतिक्रिया