विद्यालय शिक्षक कोर्स सुरु

काठमाडौं : विद्यालय खेलकुद शिक्षक कोर्ष लेवल–१ तेस्रो ब्याजको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङले बिहीबार उद्घाटन गर्नुभयो । प्रशिक्षणमा ३४ प्रशिक्षार्थी सहभागिता रहेको छ । टेबल टेनिस, क्रिकेट, फुटबल, भलिबल र एथ्लेटिक्स खेलहरू अनिवार्य रूपमा समावेश गरिएको छ भने प्रशिक्षार्थीको रोजाइमा पर्ने उसु, तेक्वान्दो र कराते मध्ये एक खेललाई ऐच्छिकमा राखिएको छ । विद्यालय खेलकुद शिक्षक कोर्ष लेवल–१ तेस्रो ब्याजअन्तर्गत नै मध्यपश्चिमाञ्ल र पश्चिमाञ्चलमा पचास–पचास प्रशिक्षार्थीले मंगलबार देखि नै कोर्षमा सहभागिता जनाएका छन् । सो अवसरमा एन प्याब्सनका महासचिव ऋतुराज सापकोटा, प्रतिस्ठानका निर्देशक केशवराज गौतमलगायतको उपस्थिति रहेको थियो । (सौर्य)

प्रतिक्रिया