दाङ घर भएकी गीताको भारतबाट उद्धार

इलाम, ५ वैशाख । माईती नेपालले दाङ घर भएकी एक महिलालाई भारतबाट उद्धार गरेर परिवारलाई जिम्मा लगाएको छ ।
उद्धार पछि १९ वर्षीया गीता पौडेललाई बुधबार परिवारको जिम्मा लगाएको माइती नेपालका होमनाथ ढकालले जानकारी दिए । भारतको रेलिङ्ग विजनवारीस्थित एक घरमा लुकाइराखेको अवस्थामा माईती नेपालले पौडेललाई फेलापारेको थियो ।
पतिसँग काठमाडौंमा बस्दै आएकी पौडेल केही दिनअघि ओसी आलम नामक भारतीयसँग विवाह प्रलोभनमा परेर भारत पुगेकी हुन् । आलम काठमाडौंमा जुत्ता पसलमा काम गर्दै आएका थिए ।
‘मलाई विवाह गर्ने भनेर सिलीगुडी निवासी आलमले ल्याएको हो,’ पौडेलले भनिन्, ‘भारत पुर्‍याएपछि बेच्ने दुष्प्रयास गरेको थियो ।’
विभिन्न लोभलालच देखाएर थुप्रै नेपाली चेलीबेटीलाई भारत पुर्‍याने काम भइरहेकाले यसलाई निरुत्साहित गर्न सीमा क्षेत्रमा कडाई गर्न आवश्यक रहेको ढकालले बताए ।

प्रतिक्रिया