निर्वाचन कात्तिकमै गराउनु पर्छ: नेता शर्मा

Janardan-Sharmaदाङ, ५ वैशाख । एमाओवादीका नेता जनार्दन शर्माले संविधानसभाको निर्वाचन कात्तिकमै गर्नुपर्ने माग गरेका छन् ।
दाङको तुल्सीपुरमा आज आयोजित कार्यक्रममा शर्माले मौसम र अन्य विविध कारणले पनि कात्तिकमा चुनाव गराउन सुझाव दिए । ‘मंसिरमा हिमाली जिल्लामा हिउँ पर्छ,’ उनले भने, ‘हिमाली क्षेत्रमा बस्ने अधिकासं नागरिकलाई मतदानमा सहभागी गराउन कात्तिकमै निर्वाचन राम्रो हुन्छ ।’
उनले कात्तिक महिना भित्र चुनाव हुन नसके मुलुकमा संविधानसभाको अर्को चुनाव हुन नसक्ने दाबी गरे । एमाओवादी र नेकपा–माओवादीबीच निर्वाचनमा चुनावी तालमेल हुने उनले दावी गरे ।
नेता शर्माले कांग्रेस र एमालले संविधानसभाको चुनाव नचाहेको आरोप लगाए । उनले निर्वाचनका लागि जनदवाव आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया