कुरिलोबाट एक करोड आम्दानी

हेटौंडा, ५ वैशाख । मकवानपुरको सुदूरपूर्वि गाउँका किसानले पछिल्लो समय कुरिलोबाट राम्रो आम्दानी लिन थालेका छन् ।

गाउँमा रहेका प्रत्येक घरमा सामान्य तह कुरिलोको बोट रहेको स्थानीयवासीले बताए । विशेषत: व्यावसायिक रूपमा खेती थाल्ने कमै भए पनि नुन तेलको जोहोका लागि गाविसका प्रत्येक घरमा कुरिलोको बोट लगाउने गरिएको छ ।
गत आर्थिक वर्षमा कुरिलो खेती गर्नेले न्यूनतम चार लाख रुपियाँ आम्दानी गरेको पनि ती किसानले बताए । तीन वर्षसम्म लगाउन सकेमा न्यूनतम ८/१० कठ्ठामा लगाइएको कुरिलो बाटै गाउँमै बसेर वैदेशिक रोजगार सरह आम्दानी हुन थालेपछि यसको आकर्षण बढेको हो ।
नुनतेल र न्यूनतम खर्च जोहोका लागि गाउँका हरेक व्यक्तिले लगाएको कृषक होमबहादुर थापाले बताए । उनका अनुसार गाउँमै बसेर कुरिलो खेती गर्दा विदेश गएर कमाएको भन्दा बढी आम्दानी हुन्छ । गाउँमा अहिले सबैभन्दा बढी २ नम्वर वडामा कुरिलो खेती गरिएको छ । स्थानीय रूपमा उत्पादन भएको कुरिलो न्यूनतम तीन सय ५० देखि पाँच सय रुपियाँसम्म किनबेच भएको थापाले बताए ।
गत वर्ष मात्रै उत्पादन भएको कुरिलोबाट गाउँले एक करोड बराबरको आम्दानी गरेको छ । आफूले कुरिलो दुई हजार विरुवा लगाएको र मकै, कोदोको तुलनामा चारगुना आम्दानी भएको कृषक बताउँछन् । यो वर्ष एक लाख बराबरको आम्दानी गरेको र आउँदो वर्ष करिब सात लाख रुपियाँ बराबरको आम्दानी गर्ने कुशल थिङले बताए । गाउँमा व्यावसायिक हिसाबले कुरिलो लगाउनेको संख्या कम भए पनि अहिले करिब २५ प्रतिशत जनताले न्यूनतम दुई हजारदेखि पाँच हजार बोटसम्म कुरिलो लगाएका छन् ।
यो वर्ष गाउँबाट करिब ५० टन कुरिलो बाहिरिने भएको छ । मकवानपुरको सुदूरपूर्वि भेगका अधिकांश गाविसमा कुरिलो खेती हुने गर्छ ।

प्रतिक्रिया