देउखुरीमा आधा दर्जन सवारीमाथि ढुङगा प्रहार

Dang-Tharuदाङ, ४ वैशाख । बन्द अवज्ञा गरेको भन्दै दाङको देउखुरीमा थारु सम्बद्ध संघ/संस्थाका समर्थकले आधा दर्जन बढि सवारी साधनमा तोडफोड गरेर क्षति पुर्‍याईदिएका छन् ।
नर्तीमा बन्दकर्ताले मंगलबार राति करिव एघार बजे सवारी सधानमा तोडफोड गरेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । बन्दकर्ताले सवारी साधनमा अन्धाधुन्द ढुङगा प्रहार गरेका थिए ।
बन्दका कारण सडकमा अलपत्र परेका यात्रु र सवारी साधनलाई प्रहरीले स्कर्टिङग गरेर लैजाने क्रममा ढुङ्गामुढा भएको प्रहरी भनाई छ । ढुङगा प्रहारबाट वसका सिसा फुटेको ईलाका प्रहरी कार्यालय लमहीले जनाएको छ । सडकमा लुकेर वसेका वन्द कर्ताले एक्कासि ढुङगा हानेका थिए ।
यसैवीच, प्रहरीले बन्दका क्रममा पूर्व पश्चिम महेन्द्र राजमार्गमा रोकीराखेका पाँच सय बढि सवारी साधनलाई स्कर्टिङ गरेर गन्तब्यमा पुर्‍याएको छ ।
देउखुरीको भालुवाङ तथा अन्य विभिन्न स्थानमा रोकिएका सानाठूला गरी करिव पाँच सय वढि सवारी साधनलाई प्रहरीले स्कर्टिङ गरेर गन्तव्यमा पठाएको हो ।
लालमटिया–८, पैसठ्ठीनम्वर निवासी कमलहरी सृजना चौधरीको ललितपुरमा मृत्यू भए पछि छानविन र दोषीलाई कारबाही माग गरेर थारु सम्बद्ध विभिन्न संघसंगठनले हिजो र आज दुई दिन दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बन्द आह्वान गरेका छन् । सृजनाको चैत–१४ गते इञ्जिनियर युवराज पौडेलको डेरामा जलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया