बन्धक बनाउने चार जना प्रहरी नियन्त्रणमा

aapharanकाठमाडौं, ३ वैशाख । काठमाडौंको सुन्धारास्थित होटलमा बन्धक बनाईएका जितबहादुर सुब्बालाई प्रहरीले उद्धार गर्नुका साथै अपहरण कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको छ ।
लेनदेनको विषयमा बिनयबहादुर श्रेष्ठसहित चार जनाको समूहले जितबहादुरलाई होटेल ईम्पेरियरमा बन्धक बनाई राखेको प्रहरीले जनाएको छ । सोमबार राति होटेलको नियमित चेकजाँचका क्रममा २९ वर्षीय जितबहादुर बन्धक भएको थाहा पाए पछि उद्धार गरेको थियो ।
पक्राउ पर्नेमा सिन्धुली जिल्ला बासेश्वर­७ घर भई हाल वौद्ध बस्ने ३९ बर्षीय बिनयलगायतको समूह छ । जितबहादुरको घर झापा खुदुनाबारी–२ मा पर्छ ।

प्रतिक्रिया