भिरबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु

Chitwan District 1चितवन, ३ वैशाख । चितवन जिल्लाको चण्डिभञ्ज्याङ–९ पाँचकिलोमा माथि भिरबाट खसेको ढुङगाले पर्यटक बोकेको जीपमा लाग्दा एक जनाको मृत्यु भएको छ ।
ढुङगा लागेर तीन जना घाईते भएका छन् । सौराहाबाट पोखराका लागि हिडेको बा १ य ८८७ नम्बरको पर्यटक बोकेको जीपमा आज अचानक भिरबाट खसेको ढुङगाको चपेटामा परेको हो । मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला घर भएका २५ बर्षीय सन्तोष तामाङको मृत्यु रहेका छन् ।
भिरबाट ढुङगा खसेर जीपको छतमा लागेको प्रहरीले जनाएको छ । जीपमा ३ जना क्यानाडियन र २ जना नेपाली सवार थिए ।

प्रतिक्रिया