गायक तिमिल्सिनाको सहयोगार्थ कार्यक्रम

Sahayogकाठमाडौं : जी फाइभ मिडिया होम प्रालिले गायक प्रकाश तिमिल्सिनाको आँखा उपचारको सहयोगार्थ ‘बृहत् सांगीतिक तथा सांस्कृतिक कार्यक्रम ०६९’ हालै सम्पन्न गर्‍यो ।
कार्यक्रममा चर्चित कलाकारहरू सुरेश कुमार, यस कुमार, बाबु बोगटी, कमल खत्री, प्रणेश लिम्बू, तारा लक्सन, डिजराज, चन्दा घिसिङ, मबिन्द्र राई, विकास देव, युवराज लामा, मोहन आलेलगायत कलाकारका साथमा ब्रेथन ब्रान्डले आफ्नो उत्कृष्ट प्रस्तुतिमार्फत दर्शकलाई नचाएको थियो । लगभग दुई हजार जति दर्शकको उपस्थिति रहेको कार्यक्रममा जी फाइभ मिडियाको नृत्य प्रस्तुतिले कार्यक्रमलाई झनै रोमाञ्चक बनाएको थियो ।
वरिष्ठ अभिनेता सुनील थापा, चर्चित अभिनेता दयाहाङ राई साथै नेपाल गणतान्त्रिक ड्राइभिङ सञ्चालक संघका अध्यक्ष प्रदीप रेग्मी, संगीतकार पारस मुकारुङ साथै बानेश्वरका डिएसपी भीमप्रसाद ढकालसमेतको उपस्थिति रहेको कार्यक्रमलाई हेम सुवेदीले सञ्चालन गर्नुभएको थियो साथमा कलाकारहरूलाई सम्मानसमेत गरेको उक्त कार्यक्रम दिउँसो ३ बजे सुरु भई बेलुकी ७ बजे सम्पन्न भएको थियो । (सौस)

प्रतिक्रिया