कति छ डनहरूको अवैध सम्पत्ति ?

Ganesh-Lamaकाठमाडौं, ३ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले स्रोत नखुलेको करोडौँ सम्पत्ति भएका चर्चित डनहरूमाथिको अनुसन्धान सकेको छ । विभागका अनुसार उनीहरूविरुद्धका मुद्दा चाँडै विशेष अदालतमा पेस गरिँदै छन् ।

स्रोत नखुलेको सम्पत्ति भन्दै परेका उजुरीमध्ये विभागले आपराधिक गतिविधिमा संलग्न भएकाहरूविरुद्धका उजुरीलाई हिट लिस्टमा राखेर अनुसन्धान गरेको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो
(सिआइबी)ले दिएको प्रतिवेदनलाई विभागले पहिलो प्राथमिकतामा राखेको थियो ।
विभाग स्रोतका अनुसार चर्चित डनहरू गणेश लामा, दीपक मनांगे भनिने राजीव गुरुङ, चक्रे मिलन भनिने मिलन गुरुङ, अभिषेक गिरीलगायतविरुद्धको उजुरीमाथिको अनुसन्धान सकेको छ । उनीहरूविरुद्ध चाँडै विशेष अदालतमा मुद्दा हाल्ने तयारी विभागको छ ।
सिआइबीले विभागलाई बुझाएको अनुसन्धान प्रतिवेदनमा लामाको १७ करोड ५० लाख, मनांगेको ११ करोड, चक्रे मिलनको ८ करोड र गिरीको तीन करोड रुपियाँ बराबर सम्पत्तिको स्रोत खुल्न नसकेको उल्लेख छ । विभागको अनुसन्धानबाट पनि त्यही तथ्य खुल्न आएको स्रोतले जनाएको छ ।
‘हामीकहाँ परेका ८/१० वटा उजुरीको अनुसन्धान लगभग सकिएको छ । तीमध्ये केही विशेष अदालतमा पेस हुने तयारीमा छन्,’ सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रवक्ता विश्वप्रसाद सुवेदीले भने ।
प्रवक्ता सुवेदीका अनुसार अनुसन्धान सकिएकामध्ये धेरै उजुरी आपराधिक पृष्ठभूमि भएकाविरुद्धका छन् । केही उजुरी
Chakre-MilanDeepak-Manangeराजस्व छलीमा संलग्न हुनेविरुद्धका पनि रहेको उनले बताए । ‘कसको मुद्दा विशेष अदालतमा जाँदै छ, कसको अनुसन्धान प्रक्रियामा छ, त्यसबारे बोल्ने बेला भइसकेको छैन । तर, अनुसन्धान सकिएका अधिकांश उजुरी प्रहरीको पनि हिट लिस्टमा रहेकाहरूकै छ,’ प्रवक्ता सुवेदीले भने ।
कतिपय व्यक्तिलाई उच्च राजनीतिक संरक्षणसमेत रहेकाले विशेषमा मुद्दा हाल्न पनि ढिलाइ भइरहेको छ । उनीहरूविरुद्धको मुद्दा बलियो बनाएर मात्रै विशेषमा लैजाने योजना विभागको छ । ‘अनुसन्धान सकिएका कतिपय उजुरी Avisekha-Giriउच्च राजनीतिक संरक्षणमा रहेका व्यक्तिका पनि छन् । मुद्दा हार्न सक्ने सम्भावना पनि त्यत्तिकै छ । त्यही भएर हामीले मुद्दा चलाउन ढिला गरेका हाँ । मुद्दा त बलियो बनाउनै पर्‍यो । कतिपय उजुरीमा थप अनुसन्धान पनि गर्नुपर्‍यो नि †’ सुवेदीले भने ।
अनुसन्धान गर्दा कतिपयको सम्पत्ति रोक्का गरियो, केहीको गरिएको छैन । त्यस्ता व्यक्तिलाई विभागले निगरानीमा राखेको छ । ‘अनुसन्धान प्रक्रियाअनुसार कतिपयको सम्पत्ति ‘सिज’ गरेर अनुसन्धान गरिएको छ, केहीको खुला नै राखेर निगरानी गरिरहेका छौँ,’ प्रवक्ता सुवेदीले भने ।

प्रतिक्रिया