सहमतिका लागि मन्त्रिपरिषद् विस्तार गरौं

Ramsharan-Mahat-1काठमाडौं, २ वैशाख । कांग्रेसका नेता रामशरण महतले अहिलेको प्रक्रियाको विरोधमा रहेका नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम नेपालसहमतिमा आए संविधानसभाको निर्वाचन सुनिश्चित गर्न मन्त्रिपरिषद् विस्तार गर्न सकिने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा महतले असहमत दलहरुलाई निर्वाचनमा ल्याउन मन्त्रिपरिषद् विस्तारसँगै उच्चस्तरीय राजनीतिक समितिलाई विस्तार गर्नु पर्ने बताए । उनले भने, ‘हाम्रो सभापतिले भनिसक्नु भएको छ चार दलको सिन्डिकेट ब्रेक गर्छु ।’
उनले वार्ता गरेर सहमति कायम गरी निर्वाचनको वातावरण बनाउनु पर्ने बताए ।

प्रतिक्रिया