विद्यालय भर्ना अभियान शुरु

चितवन, २ चैत । चितवनमा सोमबार देखि विद्यालय भर्ना अभियान शुरु गरिएको छ । देशभर आजबाट सुरु भएको भर्ना अभियान चितवनमा पनि शुरु गरिएको जिल्ला शिक्षा कार्यालय चितवनले जनाएको छ । विद्यालय जाने उमेर पुगेका तर विद्यालय नगएका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान अन्र्तगत यो कार्यक्रम सरकारले बर्षेनी सुरु गर्दै आएको छ । भर्ना अभियानसगंै यो बर्ष भने विद्यालय भर्ना टिकाऊ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रमलाई विशेष जोड दिएको चितवनका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिए । चितवनमा पहिलो चरणमा आजबाट विद्यार्थीहरुलाई मुस्कान सहितको फुलमाला, अबिर तथा स्थानीय संस्कृति अनुसार स्वागत गरिएको छ । चितबनमा अघिल्लो बर्ष ९७.५ प्रतिशत बिद्यार्थीहरु बिद्यालय भर्ना भएकोमा ७ प्रतिशतलाई बिद्यालयमा टिकाउन नसकिएको शिक्षा कार्यालयले जनाएको छ । भर्ना अभियानलाई सफल बनाउन २ करोड बराबरको छात्रबृत्ति रकम बाँडिने भएको छ । चितवनमा रहेका ११० सडक बालबालिकालाई पनि बिद्यालय भर्ना अभियानमा सामेल गरिने कार्यालयका उपसचिब गोपाल प्रसाद कडेलले जानकारी दिए ।

प्रतिक्रिया