केयूकेएलको ठिमी कार्यालयमा तोडफोड

Paniभक्तपुर, २ वैशाख । जात्राका क्रममा पानी उपलब्ध नगराएको भन्दै आक्रोशित स्थानीयले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ठिमीमा रहेको कार्यालयमा आज तोडफोड गरेर क्षति पुर्‍याई दिएका छन् ।
कार्यालय खुल्ने वित्तिकै पुगेका दश/बाह्र जनाको समूहले कार्यालयमा आक्रमण गरेको कर्मचारी रमेश थापाले जानकारी दिए । स्थानीयले कार्यालयमा रहेका कम्प्युटर र झ्यालका सिसा तोडफोड गरेका हुन् ।
तोडफोडमा संलग्न स्थानीयलाई प्रहरीले पक्राउ गरे पनि दवाव पछि रिहा उनीहरुलाई रिहा गरिदिएको छ । पक्राउ परेकाको रिहाई माग गरेर स्थानीयले प्रहरी कार्यालय घेराउ गरे पछि उनीहरु रिहा भएका हुन् ।

प्रतिक्रिया