६ वर्षपछि पक्राउ

काठमाडौं : सरकारी छाप किर्तेमा अदालतबाट दोषी ठहर भई ६ वर्षअघि फरारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोरपाटी–८ आरुबारीका ३९ वर्षीय अन्जन पौडेल छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पौडेललाई शुक्रबार चाबहिलबाट पक्राउ गरेको हो । पक्राउलगत्तै पौडेललाई प्रहरीले करावास सजायका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिसकेको छ । अदालतले १७ वैशाख ०६४ मा उनलाई सरकारी छाप किर्ते गरेको ठहर गरि एक वर्ष कारावास र ५० रुपियाँ जरिवानाको फैसला गरेको थियो । (सौस)

प्रतिक्रिया