सत्ताकब्जाको योजना बिफल: नेपाल

madhav nepal 1बुटवल, ३० चैत । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकार मार्फत सत्ताकब्जा गर्ने एमाओवादीको योजना एमालेसहितका दलहरुले असफल बनाई दिएको दाबी गरेका छन् ।
बुटवलमा आज आयोजित कार्यक्रममा नेता नेपालले एमाओवादीको सत्ताकब्जा गर्ने रणनीति असफल भएपछि विस्तारै नाङगिदै गएको बताए ।
‘बाबुराम भट्टराई नेतृत्वको सरकारमार्फत् सत्ताकब्जा गर्ने एमाओवादीको रणनीति एमालेसहितका दलहरुले असफल पारेका हुन्,’ उनले दावी गरे ।
उनले पटक–पटक कुरा फेर्ने अध्यक्ष पुष्पकमल दाहालको प्रवृत्तिले पनि एमाओवादी विस्तारै कमजोर हुँदै गएको बताए ।

प्रतिक्रिया