राजेन्द्रको संगीतमा निरन्तरता

rajendraकाठमाडौं : अरुभन्दा आफू फरक कसरी देखिन सकिन्छ भन्ने चिन्ताले संगीतका स्रष्टालाई सधैँ सताउने गर्दछ । यस्तै चिन्ताले अहिले सताएको छ युवा संगीतकार राजेन्द्र श्रेष्ठलाई पनि । कलाकार बन्ने चाहनाले मुम्बइ पुगेका राजेन्द्र आर्थिक समस्याका कारण संगीतको प्रशिक्षण लिएर स्वदेश फर्किएका हुन् । त्यसैले उनी यतिबेला नेपाली सुगम संगीतको क्षेत्रमा आºनो बेग्लै पहिचान बनाउने तरखरमा छन् । गन्धर्व महाविद्यालय पुनामा शास्त्रीय संगीतको आठवर्षे कोर्स गरेका श्रेष्ठले मुम्बइमा प्रोगामिङ एरेन्जरका रूपमा काम गरिसकेका छन् । प्रतिस्पर्धामा संख्याभन्दा स्तरीयता दिनुपर्ने सोचका श्रेष्ठले धर्मयुद्ध, कारबाही, लुकीलुकी, छललगायतका नेपाली चलचित्रमा पनि संगीत भरेका छन् । जोसिलो डान्सिङ स्टाइलको गीतमा संगीत भर्न रुचाउने श्रेष्ठले दर्जनौँ फुटकर गीतमा संगीत भरिसकेका छन् । (सौस)

प्रतिक्रिया