मंसिरमा पनि चुनाव नभए रेग्मीको ‘विकल्प’

Yubaraj Gyawaliदाङ, २९ चैत । एमालेका सचिव युवराज ज्ञवालीले वर्तमान सरकारले नै मंसिरमा नयाँ चुनाव हुने भएकाले तत्काल प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारको विकल्न खोज्न नहुँने बताएका छन् ।
गृह जिल्ला दाङको तुल्सीपुरमा आज रिपोर्टर्स क्लव नेपालले आयोजना गरेको कार्यक्रममा ज्ञवालीले मंसिर अघि वर्तमान सरकार विघटन नहुँने बताए । ‘मंसिरमा पनि निर्वाचन हुन नसके बल्ल यो सरकारको विकल्प खोजीने छ,’ उनले भने ।
उनले दलीय सहमतिमा निर्वाचनको मिति तोकिनुपर्ने उल्लेख गरे । ‘दलहरुका बीचमा निर्वाचनलगायतका साझा एजेण्डामा सहमति कायम गरेर निर्वाचनको मिति घाषणा गर्नु पर्छ,’ उनले भने ।
‘वर्तमान सरकार बाध्यताको उपज हो,’ उनले भने, ‘यो सवालमा दलहरुले ठीक गरेकी गरेनन् भन्ने कुरा समीक्षा हुँदै जाला ।’
उनले फेरि पनि एमाओवादीलाई ठूलो दल बनाए नयाँ संविधान नबन्ने बताए । ‘एमाओवादी ठूलो दल भएमा मुलुक सिक्किमिकरणमा जान्छ,’ उनको आरोप थियो ।

प्रतिक्रिया