कास्की प्रहरीको कार्यालयमा विष्फोट

bombपोखरा, २८ चैत । जिल्ला प्रहरी कार्यलय कास्कीमा मंगलबार राति विष्फोटक पदार्थ विष्फोट भएको छ । विष्फोटका कारण जवान ब्यरेकका तीन वटा झ्यालका सिसा फुटेका छन् ।
विष्फोटले पुराना पर्खालसमेत भत्काएको छ । विष्फोट पछि पोखराका स्थानीय केही समय त्रसित भएका थिए । प्रहरीले द्वन्द्वकालमा बरामद गरेर राखिएका विष्फोटक पदार्थहरु तापक्रमका कारण विष्फोट भएको जनाएको छ ।
द्वन्द्वकालमा बरामद गरिएका बिष्फोटक पदार्थहरु स्टोर गरिएको पुरानो टहरामा तीन वटा ग्रिनेट पडकिएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया