निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायको दवाव

Surya-Bd-Thapa-Jiकाठमाडौं, २७ चैत । राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले संविधानसभाको निर्वाचन आगामी मंसिरमा मात्रै हुने दाबी गरेका छन् ।
८६ औं वर्ष प्रवेशका अवसरमा आज काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारसंग कुरागर्दै थापाले मंसिर भित्र निर्वाचन गर्न अन्तर्राष्ट्रिय समुदायले दवाव दिएको बताए । ‘राजनीतिक सहजताका लागि पनि मंसिर भित्र निर्वाचन अनिर्वाय हुन्छ,’ उनले भने, ‘निर्वाचन गराउंन अन्तर्राष्ट्रिय समुदायको दवाव छ ।’
असारमा कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताएका अध्यक्ष थापाले संविधानसभाको निर्वाचन घोषणा हुंदानै अनेकौं प्रश्नहरु उब्जीएको बताए । ‘संविधानसभाको निर्वाचनका बारेमै विभिन्न प्रश्न उठेका थिए,’ उनले भने, ‘असारमा निर्वाचन हुंनै सक्दैन । त्यही भएर मिति घोषणा गरिएको छैन ।’
प्रमुख चार राजनीतिक शक्तिले मंसिरमा निर्वाचन गर्ने गोप्य सहमति गरेको उनीहरुकै शीर्ष नेताहरुबाट अभिव्यक्ति आउन थालेको बताएका थापाले सोही कारण निर्वाचनको मिति घोषणा नभएको बताए ।
राजपा र राप्रपाबीचको पार्टी एकता महाधिवेशन सरेका विषयमा थापाले आन्तरिक तयारी नपगेर चैतको महाधिवेशन रोकेको जानकारी दिए । उनले तयारी पुग्ना साथ महाधिवेशन गरिने बताए ।

प्रतिक्रिया