केन्द्रबाट तेह्र प्रतिनिधि छानिए

काठमाडौ: राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघको चौथो महाधिवेशनका लागि केन्द्रबाट खुलातर्फ १३ प्रतिनिधि निर्वाचित भएका छन् । १३ प्रतिनिधिका लागि जम्मा २३ जनाले उम्मेद्वारी दिए ।
निर्वाचित हुनेमा कुमार बस्नेत र इन्द्रबहादुर कार्कीले सर्वाधिक समान १०५ मत ल्याए । त्यस्तै सरस्वती केसी भण्डारी (९८ मत), श्रवणकुमार राई (९५ मत), फणिन्द्र पौडेल (९२ मत), लोकेन्द्रकुमार बस्नेत (९० मत), भोजानन्द राई (८९ मत), रामकृष्ण घिमिरे (८१ मत), विनोद उप्रेती (८० मत), सुभाषकुमा पोखरेल (७१ मत), डिल्लीराम काफ्ले (७० मत), प्रकाश राई (६७ मत) तथा रोहिणीकुमार दाहाल (६६ मत) निर्वाचित भए ।
महिलाको आरक्षणतर्फ रेणुदेवी कोण्डा (७६ मत) र विमला कार्की (७३ मत) विजयी भए । अर्की उम्मेद्वार याञ्जुदेवी दाहालले ७३ मत ल्याए पनि गोलाप्रथामा विमला विजयी भएकी हुन् । श्रेणीविहीनको आरक्षणतर्फ बद्रीकुमार खत्री तथा सानुकृष्ण महर्जन निर्विरोध चयन भए ।
केन्द्रीय महाधिवेशन यही चैत २८ र २९ गते पूर्वाञ्चलको विराटनगरमा हुँदैछ । उक्त महाधिवेशनले ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । बर्तमान अध्यक्ष नारायण देव राण उम्मेदवार नहुने भएका छन् । (सौस)

प्रतिक्रिया