एफसी पोटाला विजय

काठमाडौ : अखिल नेपाल फुटबल संघको कार्यक्रम अनुसार रेडबुलको प्रायोजकत्वमा झापाको मेची रंगशालामा संचालन भईरहेको रेडबुल ‘ए’ डिभिजन जिल्ला लिग (अन्तिम चरण) फुटबल प्रतियोगिताको आइतबार भएको खेलमा टेम्के क्लब सुनसरी र संगम क्लब कास्की १–१ गोलको बराबरीमा समाप्त भएको छ । टेम्केका लागि प्रशान्त राई तथा संगमका लागि अरुण के.सी.ले गोल गरेका थिए ।
अर्को खेलमा एफ.सी.पोटला मकवानपुरले जय किसान क्लब बांकलाई ३–१ गोलले पराजित गरेको छ । एफ सी पोटलाका लागि बिके लामाले २ तथा अन्जत बिष्टले एक गोल गरेका थिए भने जय किसनका लागि चेतन चौधरीले एक गोल गरेका थिए । (सौस)

प्रतिक्रिया