राजविराज, २६ चैत । नेपाल विद्युत् प्राधिकरण राजविराज वितरण केन्द्रले सप्तरीमा ३ घण्टा लोडसेडिङ्ग कम भएको जनाए पनि ५ दिनदेखि लगातार चलेको लोडसेडिङ्ग विरुद्धको आन्दोलन रोकिएको छैन । चौविसै घण्टा विद्युत् आपुर्तिको माग गर्दै आएका आन्दोलनकारीले आफनो माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।
वितरणकेन्द्रले सनिवारवाट लागुहुने गरी विहान दिउसो र वेलुका गरी तीन घण्टा लोडसेडिङ्ग कम गरेको जानकारी दिएको छ । यो सगै सप्तरी सदरमुकाम राजविराजमा १२ देखि १३ तथा ग्रामिण क्षेत्रहरुमा १४ घण्टा लोडसेडिङ्ग कायम भएको वितरण केन्द्रका प्रमुख शम्भु कुसियत यादवले जानकारी दिए ।
तर आन्दोलनको नेतृत्व गर्दै आएको सप्तरी उद्योग वाणिज्य संघले भने प्राधिकरणको सो कार्य आन्दोलन मथ्थर पार्ने षडयन्त्र भन्दै आन्दोलनलाई निरन्तरता दिने जनाएको हो । प्राधिकरणको निर्णय सगै आन्दोलनका कार्यक्रमलाई थप ससक्त पारीएको उवासंघका महासचिव सुरेष सिंहले बताए ।
आफुहरुको माग एकातिर र वितरणकेन्द्र प्रमुखको निर्णय अर्कोतिर भएकाले आन्दोनलाई अझ कडा पार्न लागिएकोमा उनले जोड दिए । ‘हाम्रो माग सप्तरीलाई राष्ट्रिय प्रसारण लाईनमा समेट्नु पर्ने र कोशि सम्झौता अनुसार भारतले उपलब्ध गराउदै आएको सबै विद्युत् सप्तरीमै उपलब्ध गराई चौविसै घण्टा विजुली उपलब्ध गराउनु पर्छ भन्ने हो’ सिंहले भने, ‘हचुवाको तालमा कुसियतले गरेको निर्णयले हाम्रो माग सम्वोध गर्दैन त्यसैले हामी आन्दोलनलाई जारी नै राख्छौ ।’
सदरमुकाम लगायत जिल्लाका ग्रामिण क्षेत्रको अवस्था थप कष्टकर रहेको जानकारी दिदै उनले कतिपय गाविसमा अहिले पनि २ घण्टा भन्दा वढि विद्युत् उपलब्ध नहुने र त्यो पनि राति सुतेपछि मात्र आउने हुनाले सम्पर्ण क्षेत्रमा विजुलीको ग्यारेण्टी हुने अवस्था र लिखित प्रतिवद्धता नआएसम्म आन्दोलन नरोकीने दोहोर्याए । यस विषयमा प्राधिकरण प्रमुख कुसियतले भने राष्ट्रिय वितरण तालिका भन्दा थप विद्युत् कुनै पनि अवस्थामा उपलब्ध नहुने वताउदै हावाहुरी र आगलागिका कारण ग्रामिण क्षेत्रमा थप विद्युत् कटौती हुने गरेको स्विकारेका छन् ।
प्रतिक्रिया