असारमा निर्वाचनको सम्भावना न्यूनः सिटौला

Krishna Sitaula 1काठमाडौं, २४ चैत । कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले असारको पहिलो साता निर्वाचन गर्ने सम्भावना अत्यन्तै न्यून भएर गएको बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा सिटौलाले दशैंपछि मात्रै संविधानसभाको निर्वाचनको सम्भावना रहेको बताए । ‘नागरिकता वितरण र मतदाता नामावली अद्यावधि गर्ने कार्य सुरु पनि नभएको अवस्थामा असार पहिलो साता निर्वाचनको सम्भावना कम छ,’ उनले भने । उनले अब निर्वाचन सर्ने अवस्था आएको बताए ।
सोमबारबाट नवलपरासीमा सुरु हुने महासमिति बैठकमा केन्द्रीय कार्यसमितिको तर्फबाट कुनै पनि फरक मत प्रस्तुत नहुने महामन्त्री सिटौलाले बताए ।
यद्यपि सिटौलाले विद्यान संशोधन, राजनीतिक प्रतिवेदन र सांगठनिक संरचनामा केही मतभेद रहे पनि त्यसलाई महासमितिको सुझावका आधारमा १३ औं महाधिवेशन अघि संशोधन गरिने उल्लेख गरे ।

प्रतिक्रिया