सरकारले चाहे तोकिएकै समयमा निर्वाचन

Sushil Koirala 4चितवन, २३ चैत । कांग्रेस सभापति सुशील कोइरालाले चार राजनीतिक दलहरुबीच असारको पहिलो साता भित्रै निर्वाचन गर्ने सहमति भएको बताएका छन् ।
चितवनमा आज पत्रकारसंग कुरागर्दै कोइरालाले भने, ‘प्रमुख दलहरुका बीच असार–७ मै चुनाव गर्ने सहमति भएको छ ।’ निर्वाचनको मिति तोक्ने काम सरकारको रहेको बताएका उनले भने, ‘सरकारले चाहेमा तोकिएकै समयमा निर्वाचन गराउन सक्छ ।’ उनले चुनावको मिति तोक्ने काम राजनीतिक दलहरुको नभएको दोहराए ।
निर्वाचन प्रजातान्त्रिक पद्धति रहेको वताएका कोइरालाले सबै दलहरुलाई निर्वाचनमा सहभागी हुने वातावरण बनाईने बताए । उनले जनतामा चुनावको उत्साह बढेकाले सबै दल चुनावमा सहभागी हुनुको विकल्प नभएको उल्लेख गरे ।

प्रतिक्रिया