एनआइसीले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं : एनआइसी बैंक लिमिटेडले एक हजार रुपियाँ दरको ५ लाख कित्ता बराबरको ५० करोड रुपियाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
सो क्रणपत्रका लागि नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ । ऋणपत्र निष्कासन सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सशिन जोशी र नबिल इन्भेस्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेको बैकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
५० करोड बराबरको ऋणपत्रमध्ये संस्थागत र सर्वसाधारणका लागि छुट्याइएको पनि बैंकले जनाएको छ । ८ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज झुक्तानी गर्ने गरी ७ वर्ष अवधिका लागि ऋणपत्र निष्कासन गर्न लागिएको हो । यस ऋणपत्रले लगानीकर्तालाई उचित प्रतिफल दिने विश्वास बैंकले व्यक्त गरेको छ ।

 

प्रतिक्रिया