कलाकारले लिए पर्सानालिटी तालिम

Tarunu-sकाठमाडौं : सधैँ पर्दा र पर्दापछाडि व्यस्त रहने नेपाली कलाकारहरू आइतबार व्यक्तित्वविकास सिक्नमा लागि परे । काठमाडौं मलमा आइतबार बिहान आयोजित पर्सानालिटी डेभलपमेन्ट कार्यक्रममा धेरै कलाकारको सहभागिता रह्यो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले यस्ता किसिमका कार्यक्रमहरू धेरै नै सञ्चालन हुनु जरुरी रहेको बताए । कार्यक्रममा वसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी सिंहलगायतले डेपलपमेन्ट क्याम्पका बारेमा बोलेका थिए ।
कलाकारले आफ्नो व्यक्तित्व बनाउन नसकेको आरोप सधैँ लागेकोले आफूले यस्तो प्रकारको कार्यक्रमको आयोजना गरेको आयोजक संस्था नेपाल चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्काले बताए । लक्ष्मी गिरी, गरिमा पन्त, शुभेच्छा थापा, पुजना स्त्री, सपना श्रेष्ठलगायतका कलाकारको तालिममा सहभागिता रह्यो । जेसिस–प्रतिनिधि महेश दाहाल, समीक्षक डाक्टर प्रदीप भट्टराई र सेन प्रदीपमान वैद्यले कलाकारहरूलाई यो तालिम दिएका थिए । (सौस)

प्रतिक्रिया