दूतावास बेच्न नदिन गेसो सर्वोच्च जाने

काठमाडौं : बेलायतको लन्डनस्थित नेपाली दूतावासको भवन बेच्ने सरकारको निर्णयविरुद्ध गोरखा भूतपूर्व सैनिक संघ(गेसो) अदालत जाने भएको छ । लन्डनको १२ ए क्यानसिङ्टनमा नेपाली दूतावासको आºनै जीर्ण भवन छ ।
नेपालको ऐतिहासिक सम्पत्ति बचाउनका लागि सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी गरिएको गेसो सभापति पदमबहादुर गुरुङले बताए । संरक्षण गर्न नसकिएको भन्दै सरकारले लन्डनस्थित दूतावास भवन बेच्न अन्तिम तयारी गरिरहेको छ । दूतावासको यो भवन गोरखाहरूको बलिदानको सम्मान गर्दै बेलायत सरकारले नेपाललाई दिएको गेसोको दाबी छ ।
‘यो भवन नेपाली युवाले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाका निम्ति उच्च वफदारीपूर्वक बलिदान गरेबापत नि:शुल्क पाएको हो,’ सभापति गुरुङले भने, ‘करिब ६० हजारभन्दा बढी गोरखा सैनिकको उच्च सम्मानमा पाएको यो भवन संरक्षण गर्न नसकेको बहानामा बिक्री गर्नु हाम्रा पूर्खाहरूको अपमान मात्रै होइन, नेपाल र नेपालीको स्वाभिमानमाथिको प्रहार पनि हो ।’ (सौस)

प्रतिक्रिया