भक्तपुर निर्वाचन कार्यालयमा तोडफोड

Bhaktapur Districtभक्तपुर, १६ चैत । भक्तपुर जिल्लास्थित निर्वाचन कार्यालयमा अपरिचित चार जनाको समूहले तोडफोड गरी क्षतिपुराएका छन् ।
कार्यालय खोल्ने वित्तिकै प्रवेश गरेका उनीहरुले तोडफोड गरेका हुन् । तस्विरसहितको मतदाता नामावली दर्ता गराउन आएका उनीहरुले ल्यापट, फोटोकपी मेशिनमा क्षतिपुराएको निर्वाचन अधिकृत चुरामणि पन्थीले जानकारी दिए ।
तोडफोडबाट ल्यापटप, फोटोकापी मशिन, फारमलगायतका सामानमा नोक्सानी भएका छन् । तोडफोड गर्नेको पहिचान भएको छैन । स्रोतका अनुसार नेकपा माओवादीका कार्यकर्ताले कार्यालयमा तोडफोड गरेका हुन् ।

प्रतिक्रिया