प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं : आन्तरिक राजश्व विभाग र इभा (पाटीप्यालेस संघ) नेपालको संयुक्त आयोजनामा आयकर तथा मूल्य अविवृद्धि कर सम्वन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इभा नेपालका अध्यक्ष श्रीमान सिंहले नेपाल सरकारलाई मूल्य अभिवृद्धि कर सम्वन्धी स्पस्ट नीति ल्याउन माग राखे । उनले पाटी प्यालेस संचालन गरे पछी राज्यलाई कर तिर्नु पर्छ भन्ने मान्यता रहेपनि सरकारलाई उचित वातावरण सृजना गर्न माग गरे ।
इभानेपालका आर्थिक सल्लाकार सन्तोस कोइरालाले अनधिकृत रुपमा संचालनमा रहेका पाटीप्यालेसलाई राज्यले करको दायरामा ल्याउने काममा कुने कार्य नगरेको बताए । तर राज्यले तोकेको करको दायरामा रहेर कार्य गरिरहेका पाटिप्यालेसलाई अनेक किसिमका वखेडा झिकेर दुख दिने गरेको उनको आरोप थियो ।

प्रतिक्रिया