निशाले पनि सरमाथा चढ्ने

nisha-adhikariकाठमाडौं : अभिनेता अर्जुन कार्की सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्केको केही समय नबित्दै अभिनेत्री निशा अधिकारीले पनि सगरमाथा आरोहण गर्ने सार्वजनिक गरेकी छन् । बिहीबार अनामनगरस्थित युनियन हाउसमा आयोजित एक कार्यक्रममा उनले यो सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार संघकी सहकोषाध्यक्षसमेत रहेकी अभिनेत्री शाहले आफू चर्चामा आउन नभएर, नेपाली कलाकारका नाम उच्च राख्न शिखर आरोहण गर्न लागेको बताइन् । कार्यक्रममा अधिकारीले नेपाली चलचित्र क्षेत्रका सबैको प्रतिनिधित्व हुनेगरी आफ्नो अभिनयको नाम राख्न चाहेकाले सबै संघसंस्थाको प्रतिनिधित्व रहने गरी नाम पठाउँन सबैलाई आग्रह गरिन् ।
नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा कलाकार संघका अध्यक्ष नवल खड्का, नायिका करिस्मा मानान्धर, कलाकार वसुन्धरा भूषाल, संघकै पूर्वअध्यक्ष रमेश बुढाथोकीलगायत निशालाई सगरमाथा यात्राका लागि शुभकामना दिएका थिए । सबैको सफलताको कामना पाएर मख्ख भएकी निसाले हषिर्त मुद्रामा भनिन्, ‘मिल्ने भए म सिनेमा क्षेत्रलाई नै सगरमाथामा लैजाने थिएँ ।’ आगामी २४ गते निशा सगरमाथा आरोहणमा निस्कने भएकी छन् । (सौस)

प्रतिक्रिया