युज पनि एडल्ट

use.jpgकाठमाडौं : पछिल्लो समयमा नेपाली चलचित्रहरूले एडल्ट सर्टिफिकेट पाउने क्रम तीव्ररूपमा बढ्न थालेको छ । यस्तैमा चलचित्र ‘युज’ले पनि एडल्ट सर्टिफिकेट पाएको छ । अब यो चलचित्र १६ वर्षमाथि उमेरकाले मात्र हेर्न पाउनेछन् । चलचित्र सेन्सर बोर्डले नौ दृश्यलाई कैंची चलाउँदै चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको हो । चलचित्रका दृश्यमाथि कैंची चलाएर यो सर्टिफिकेट दिएकोमा निर्माणपक्ष भने आक्रोशित बनेका छन् । केही दृश्यमाथि कैंची पनि चलाउने अनी चलचित्रलाई एडल्ट सर्टिफिकेट पनि दिने यो कहाँको न्याय हो निर्देशक बाबु बलामीले भने, चलचित्रका त्यस्ता दृश्य काटिए पछि एडल्ट भन्न मिल्दैन ।
बाबु बलामीकै निर्माण रहेको ‘युज’ मा अझ केही दृश्यसमेत हटाउन सेन्सर बोर्डले निर्देशन गरेको छ । चलचित्रमा रहेको ‘बास्टर्ड’ भन्ने शब्द र हाप पाइन्टमा समाएको दृश्य हटाउन भनिएको उनी भन्छन्, ‘साधारण दृश्यमाथि पनि सेन्सरले आँखा लगायो । जसले हामी जस्ता निर्मातालाई घाटा भएको छ ।’
आगामी वैशाख २० गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीका साथ चलचित्र युनिटले यतिखेर प्रचारमा थालेको छ । यसमा नव नायिका सीमा केसी र सुवास मेचे विनोद बस्नेत, सञ्जीव श्रेष्ठ, सुजन थापालगायतको पनि अभिनय छ । ‘युज’ को कार्यकारी निर्मात्री मिना खड्का रहेकी छन् । (सौस)

प्रतिक्रिया