चीनमा हाइब्रिड बच्चाको तयारी

Chinese_kidsहाइब्रिड सब्जी र सफ्टवेयरमा सफलता मिलेपछि चीन अब यस्तो चीज बनाउने तयारीमा छ, जसले उसलाई भविष्यको विश्वप्रतिस्पर्धामा सबैभन्दा अगाडि राख्न सक्नेछ । ऊ अब हाइब्रिड बच्चा जन्माउने सुरमा छ ।

चिनियाँ आनुवंशिक शोध संस्थान बिजीआईका वैज्ञानिक संसारका सबैभन्दा प्रतिभाशाली व्यक्तिको डिएनए नमुना जम्मा गरिरहेका छन् । अनि त्यसमा यस्तो युग्म पत्ता लगाउने प्रयास गरिरहेका छन्, जसले मानवीय बुद्धिमत्ता निर्धारण गर्छ । चिनियाँ वैज्ञानिक आफ्नो यो अनुसन्धानमा निकै अघि बढिसकेको विश्वास गरिएको छ । उनीहरूको परीक्षण सफल पाएमा चिनियाँ मातापिताले यस्तो बच्चा चयन गर्न पाउनेछन्, जो विश्वका अन्य बच्चाको तुलनामा होनहार हुनेछन् । उनीहरूको बुद्धिमत्ता हरेक पिढीपिच्छे ५ देखि १५ आइक्यु अंकसम्म बढ्नेछ । यो सम्भव भएमा केही पिढीपछाडि नै विश्वका अन्य बच्चालाई चिनियाँ बच्चासँग बौद्धिक प्रतिस्पर्धा गर्न गाह्रो पर्ने अनुमान गरिएको छ । क्रान्तिकारी मनोवैज्ञानिक एवम् न्युयोर्क विश्वविद्यालयका प्राध्यापक जेफ्री मिलर पनि ती दुई हजार मान्छेमा सामेल छन्, जसले चिनियाँ वैज्ञानिकलाई आफ्नो डिएनएको नमुना दिएका छन् । आनुवंशिक शोधका मामिलामा चीनले पश्चिमी जगत्लाई पनि निकै पछाडि पारिसकेको उनले बताए । आर्थिक रूपबाट महाशक्ति बन्ने तयारीमा रहेको चीन वैज्ञानिक शोधमा पनि त्यही रफ्तार समातेर अघि बढिरहेको छ ।
(एजेन्सी)

प्रतिक्रिया