दैलेखमा नेकपा–माओवादीद्वारा लुटपाट

maobadisदैलेख, १४ चैत्र । दैलेखमा मतदाता नामावली संकलनमा अवरोध पुराई लुटपाटमा संलग्न नेकपा–माओवादीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
चामुण्डा गाविसमा लुटमा संलग्न नेकपा–माओवादीका कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । नेकपा–माओवादीका कार्यकर्ताले पार्टीको निर्देशन भन्दै मंगलबार निर्वाचन कार्यालयका कर्मचारीसँग रहेको ल्यापटप र डाटा केबुल लुटेर लगिदिएका थिए ।
नेकपा–माओवादीका स्थानीय कार्यकर्ता राजबहादुर शाही, प्रेम मलई र रत्न बहादुर विकलगायतको समूहले लुटपाट गरेको गाविस सचिव विष्णुप्रसाद रेग्मीले जानकारी दिए ।
सामान लुटपाट भएको सूचना पाउन साथ ईलाका प्रहरी कार्यालय दुल्लुबाट पुगेको प्रहरी टोलीले लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरेर अनुसन्धन सुरु गरेको जनाएको छ । चामुण्डा गाविस सदरमुकामबाट झण्डै १९ कोष पश्चिमा पर्छ ।
नेकपा–माओवादीले निर्वाचन हुन नदिन मुलुक भरि अवरोध पुराउँदै आएको छ ।

प्रतिक्रिया