सहकारी कप आजदेखि

काठमाडौं : सहकारी कप नेपालको सर्वाधिक पुरस्कार राशीको चेस प्रतियोगिता बुधबार सुरु हँुदै छ । सहकारी दिवसको उपलक्ष्यमा हुने प्रतियोगिताको कुल पुरस्कार रकम ३ लाख ७६ हरजा रुपियाँ रहेको छ । यस भन्दाअघि सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको रूपमा इलाममा सम्पन्न रामप्रसाद मेमोरियाल चेस प्रतियोगिता रहेको थियो ।

घरेलु प्रतियोगिताको रूपमा सबैभन्दा ठूलो प्रतियोगिताको रूपमा गत वर्ष सम्पन्न नेकोस कप रहेको थियो । उक्त प्रतियोगिताको उपाधि विजेताले ५० हजार रुपियाँ पाएका थिए भने सहकारी कपमा उपाधि विजेताले यामाहा वाइबिआर मोटरसाइकल तथा उप–विजेताले ५०,००० रुपियाँ पाउनेछन् । प्रतियोगितामा ४० जनाले पुरस्कार पाउनेछन् । प्रतियोगिता लिगकम नकआउटको आधारमा हुनेछ । (सौस)

प्रतिक्रिया