एनसेलसँग भिड्दै नेकपा–माओवादी

ncellकाठमाडौं, १३ चैत । नेकपा–माओवादी निकट मजदुर संगठनले बहुराष्ट्रिय कम्पनी एनसेल र हेलो नेपाल विरुद्धको आन्दोलनलाई निरन्तरता दिँदै थप आन्दोलन सार्वजनिक गरेको छ । उसले बुधबार सम्मको अल्टिमेटम सहित संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो ।
टेलियासोनेराको स्वामित्वमा रहेको हेलो नेपाल र एनसेल टेलिकमले मजदुर/कर्मचारीहरुमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको भन्दै संयोजक रामदीप आर्चायले कम्पनी विरुद्ध आन्दोलन जारी राख्नु परेको जनाएका छन् ।
उनीहरुले २०६९ जेठ–२ गते हेलो नेपालबाट निष्काषित ८७ जना मजदुर/कर्मचारीलाई पुनर्वहालीको माग गर्दै आएका छन् ।
अल्टिमेटम भित्र माग पुरा नभए एनसेलको केन्द्रीय कार्यालय अगाडि विरोध सभा गर्ने, तेश्रो चरणमा एनसेल र हेलो नेपालका सम्पूर्ण सेवाहरु ठप्प पार्ने, जनसमुदायलाई सेवाहरु नलिन अनुरोध गर्ने कार्यक्रम छन् ।
विक्रेताहरुलाई कम्पनीका सेवाहरु विक्री, वितरण नगर्न अनुरोध गर्ने, मजदुर/कर्मचारीहरुलाई मजदुरका समस्या समाधान नगरुञ्जेलसम्म कार्यालयका कामहरु नगर्न अनुरोध गर्ने, एनसेल र हेलो नेपालका गाडीहरु चल्न र चलाउन रोक लगाउने लगायतका कार्यक्रम पनि रहेका आज जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया