तेस्रो टेस्ट रोमान्चक मोडमा

अकल्यान्ड : न्युजिल्यान्ड इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्ट म्याचमा बलियो स्थितिमा पुगेको छ । ४८१ रनको लक्ष्य पछ्याएको पाहुना टोली इंग्ल्यान्डले चौथो दिनको समाप्तीमा ४ विकेट गुमाएर ९० रन जोडेको छ । इंग्ल्यान्डलाई संकटमा पुर्‍याउनेक्रममा केन विलियमसनले दुई तथा टिम साउथी र नेल वाग्नरले समान एक विकेट लिए । इंग्ल्यान्डका कप्तान एलेस्टर कुक ४३ रनमा आउट भएभने जोनाथन ट्रटले ३७ रन जोडे । निक कम्पटन २ र स्टिभन फिन शून्यमा आउट भए । इंग्ल्यान्ड अझै ३९१ रनले पछि रहेको छ । यसअघि पहिलो इनिङमा २३९ रनले अगाडि रहेको न्युजिल्यान्डले दोस्रो इनिङ २४१ रनमा समाप्तीको घोषणा गर्‍यो । प्रारम्भिक ब्याट्सम्यान पिटर फुल्टनले लगातार इनिङमा शतक बनाएपछि न्युजिल्यान्डले दोस्रो इनिङ चार विकेटको क्षतिमा समाप्तीको घोषणा गर्‍यो । फुल्टनले ११० रन जोडे । यसअघि फुल्टनले १३६ रनको योगदान गरेपछि न्युजिल्यान्डले पहिलो इनिङमा ४४३ रन जोडेको थियो । इंग्ल्यान्ड भने २०४ रनमै सीमित भएको थियो । इंग्ल्यान्डलाई सस्तैमा सीमित गर्नेक्रममा ट्रेन्ट बौल्टले ६ विकेट लिएका थिए भने टिम साउथीको नाममा तीन विकेट रहेको थियो । शृंखला १–१ को बराबरी स्थितिमा छ । यसअघिका दुवै खेल बराबर भएका थिए । (सौस)

प्रतिक्रिया