एनआरटी पनि उपाधि होडबाट टाढा

Nepal-Army-Teamकाठमाडौं, १२ चैत । रेडबुल ए डिभिजन लिग फुटबल प्रतियोगितामा उपाधिका लागि भन्दा दोस्रो स्थानका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । आइतबार भएको खेलमा नेपाल आर्मी क्लबले जित हात पारे पछि ३१ देखि ३७ अंकको बीचमा ६ टोली रहे । आइतबार आर्मी क्लबले एनआरटीलाई २–१ ले हराउँदै ३५ अंकसहित तेस्रो स्थानमा उक्लियो । अर्को खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच १–१ गोलको बराबरी भयो । ३५ अंक नै रहेको एनआरटी चौथो स्थानमा छ । दुई चरणको खेल बाँकी रहँदा शीर्ष स्थानमा रहेको थ्री–स्टारको ४२ तथा दोस्रो स्थानमा रहेको मनाङ–मस्र्याङ्दी क्लबको ३७ अंक छ । यसैगरी, मच्छिन्द्र क्लबको ३३ तथा फ्रेन्ड्स क्लबको ३१ अंक छ । सातौँ स्थानमा रहेको पुलिस क्लबको ३० तथा आठौँ स्थानमा रहेको आरसिटीको २९ अंक छ ।

आइतबारको खेलमा आर्मीलाई जित दिलाउने क्रममा नवयुग श्रेष्ठले दुवै गोल गरे । आर्मीका लागि नवयुगले दुवै गोल गरे । एनआरटीका लागि सेगुन अकिन्डेले गोल गरे । ३३औँ मिनेटमा नवयुगको आकर्षक फिनिसिङको कारण अग्रता लिएको आर्मी क्लबका लागि नवयुगले नै ४८औँ मिनेटमा अर्को गोल गरे । उनको प्रहार साइडबारमा लाग्दै गोलमा परिणत भएको थियो । त्यसको लगत्तै प्राप्त पेनाल्टीमा अकिन्डेले गोल गर्दै एनआरटीलाई खेलमा फर्काउन प्रयास गरे पनि त्यो सफल भएन । आर्मी क्लब ८१औँ मिनेटमा तेस्रो गोल गर्नबाट वञ्चित रहेको थियो । भरत खवासको हेडलाई सहिदले गोललायनबाट क्लियर गरे ।
अर्को खेलमा फ्रेन्ड्सलाई एक अंक दिलाउने क्रममा प्रकाश बुढाथोकीले दुवै गोल गरे । उनले दुई राम्रा अवसर भने खेर फाले । २१ औँ मिनेटमा जगजीत श्रेष्ठ र ओउमारले बनाएको मुभमा प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए । ३९औँ मिनेटमा प्रदीप बाँनियाले सहज गोल गरे भने भने ४९औँ मिनेटमा भोला सिलवालले सानदार गोल गर्दै पुलिस क्लबलाई अग्रता दिलाए । ६७औँ मिनेटमा ओउमारले नै दिएको पासमा प्रकाशले गोल गरे । ७५औँ मिनेटमा प्रकाशले अफसाइड ट्रायप बिट गर्दै प्रहार गरेको बल प्रहरीका विशाल श्रेष्ठले बचाए । त्यसको लगत्तै जगजीतले दिएको पासमा प्रकाशले गोल गर्ने राम्रो अवसर गुमाए ।

प्रतिक्रिया