लुटेर भाग्दा एक जनाको मृत्यु

इलाम, ८ चैत । पश्चिमी इलामको गजुरमुखीमा चोरी गरेर भाग्दै गरेका एक लुटेराको भाग्ने क्रममा लडेर ज्यान गएको छ । एक जना लुटेरालाई स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको छ ।
गजुरमुखी–८ का प्रकाश पुलामीको घरमा चोरी गरी भाग्ने क्रममा इटहरी–५ का अभिषेक क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ पर्नेमा इटहरी–२ का सुमन तामाङ्ग रहेका छन् । उनलाई स्थानीयको सहयोगमा शसस्त्र प्रहरी वेश क्याम्प चिसोपानी पञ्चमी, प्रहरी चौकी, बा“झो र प्रहरी चौकी, गजुरमुखीको संयुक्त टोलीले पक्राउ गरेको हो । प्रहरीले लुटेराको साथबाट एक थान इटालियन पेस्तोल, चार राउण्ड गोली, नगद १० हजार ४५ रुपिया“, एक थान सुनको औंठी, दुई थान एनसेलको रिचार्जकार्ड बरामद गरेको छ ।

प्रतिक्रिया