एलए कप टेनिस भोलिदेखि

काठमाडौं : लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट, स्टुडेन्ड काउन्सिलको आयोजनामा सातौँ एलए कप शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगितामा लनटेनिस र फुटबलको प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष रोजिपमान कायस्थले जानकारी गराए । टेनिस खुला तथा फुटबल अन्तरकलेज स्तरीय हुनेछ ।
टेनिसमा पुरुष एकलमा ३३ तथा पुरुष जोडीमा १६ जोडीको सहभागिता रहने टेनिस प्रशिक्षक रामेश्वर थापाले बताए । एकलको विजेताले १५ हजार, उपविजेताले साढे सात हजार तथा तेस्रो हुने द्वयले समान १ हजार ५ सय नगद पुरस्कार पाउनेछन् । जोडीतर्फ पहिलोले १० हजार, दोस्रोले ५ हजार तथा तेस्रो हुनेले समान १ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।
त्यस्तै नकआउट आधारमा खेलाइने फुटबलमा १९ पुरुष टिमले भाग लिनेछन् । पहिलोले १५ हजार नगदसहित १० हजार बराबरको उपहार पाउनेछन् । दोस्रोलाई १० हजारसँगै ३ हजार बराबरको उपहार प्रदान गरिनेछ । सिसिआरसी डिफेन्डिङ च्याम्पियन हो । प्रतियोगिताको अनुमानित बजेट ३ लाख ५० हजार रुपियाँ रहेको आयोजकले जनाएको छ । दुवै खेल हात्तीवनस्थित लिटिल एन्जल्सको हातामा
हुनेछ । (सौस)

प्रतिक्रिया