दोहोरो सुविधा नलिने निर्णय

काठमाडौं : मन्त्रिपरिषद्ले दोहोरो सुविधा नलिने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राज्यबाट प्राप्तबाहेक अन्य थप सुविधा नलिने निर्णय गरेको हो । एघार सदस्यीय मन्त्रिपरिषद्मा अधिकांश मन्त्रीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
सरकारका कामकारबाहीबारे नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउने, सबै मन्त्रालयले आफ्ना महत्त्वपूर्ण निर्णय २४ घन्टाभित्र वेभसाइटमा सूचना राख्नुपर्ने र चालु आयोजनालाई समयमै सम्पन्न गर्न अधिकतम प्रयास गर्नेलगायत निर्णय पनि बैठकले गरेको छ ।
बैठकले सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेललाई दिएको छ । संवैधानिक परिषद्मा नियुक्ति र निर्वाचनको मिति तोक्न भने पनि बैठकले त्यस विषयमा कुनै निर्णय गरेन । (सौस)

प्रतिक्रिया