चुनावमा होमिन निर्देशन

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चुनावले नै लोकतन्त्रलाई बचाउने बताएका छन् । दलित संघको नवनिर्वाचित केन्द्रीय पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा कोइरालाले मंगलबार यस्तो बताएका हुन् । चुनावमा जान नै रेग्मीलाई नेतृत्व दिएको भन्दै उनले चुनावी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए । उनले आपसी मतभेदमा लाग्न नहुने भन्दै नेता कार्यकर्तालाई चुनावी तयारीका लागि गाउँ जान आग्रह गरे । पार्टीभित्र र बाहिर हिजोका दिनमा के भयो भन्ने पक्षमा नलाग्न आग्रह गर्दै उनले चुनावी परिणाम नै प्रभावित हुने गरी मतभिन्नतामा नउत्रन निर्देशन दिए ।

कार्यक्रममा वरिष्ठ नेता शेरबहादुर देउवासहित महामन्त्री कृष्णप्रसाद सिटौलाले सम्पूर्ण पार्टीको पंक्ति प्रजातन्त्र र विधिको शासनको पक्षमा केन्द्रित हुनुपर्ने बताए । पार्टी एक ढिक्का भए चुनावी परिणाम कांग्रेसको पक्षमा आउने उनीहरूको जिकिर थियो । केही दिनअघि नेपाल दलित संघको चौथो महाधिवेशनले मीन विश्वकर्मालाई अध्यक्ष बनाउँदै ६४ सदस्यीय कार्यसमित बनाएको थियो ।

प्रतिक्रिया