अर्थ मन्त्रालयका उप–सचिव श्रेष्ठको मृत्यु

artha-mantralayaकाठमाडौं, ६ चैत । टेम्पोको डण्डीमा ठोक्किएर अर्थ मन्त्रालयका उप–सचिव ज्ञानराज श्रेष्ठको मृत्यु भएको छ ।
ज्ञानेश्वरस्थित रातोपुल नजिकै श्रेष्ठ आज विहान टेम्पोको डण्डीमा ठोक्किएर घाईते भएका थिए । ५५ बर्षीय उप–सचिव श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दश बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रेष्ठ रत्नपार्कबाट सिनामंगलतर्फ गइरहेको बा.१ ह ३६५१ नम्वरको सफा टेम्पोमा सवार थिए । अचानक टेम्पोको झ्यालको डण्डीमा उनको टाउको ठोक्किए पछि अचेत भएका थिए । उपसचिव श्रेष्ठ बानेश्वर बस्दै आएका थिए ।
काभ्रे घर भई जोरपाटी बस्दै आएका टेम्पो चालक ३० बर्षीय अशोक तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया