गुप्ता १३ महिनापछि रिहा

Jp-Guptaकाठमाडौं, ६ चैत । पूर्वसञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ता भ्रष्टाचार मुद्दामा १३ महिना जेल सजाय भुक्तान गरी सोमबार रिहा भएका छन् ।

सार्वजनिक पदमा रहँदा गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको ठहर गरी सर्वोच्च अदालतले गुप्तालाई ९ फागुन ०६८ मा डेढ वर्षका लागि जेल पठाएको थियो । उनी बहालवाला मन्त्री रहेकै अवस्थामा जेल गएका थिए । उनी आफँै सर्वोच्चमा हाजिर भएकाले उनलाई सजायमा २० प्रतिशत कट्टा गरिएको थियो । अदालतको फैसलापछि डिल्लीबजारस्थित सदरखोरमा थुनिएका उनी एक वर्ष एक महिना बिताएर रिहा भएका हुन् ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी ढंगले सम्पत्ति कमाएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर
गरेको थियो । विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्च गएका गुप्तालाई सर्वोच्चले डेढ वर्ष कैद, ८४ लाख बिगो तथा बिगो बराबरको जरिवाना गर्ने फैसला सुनाएको थियो ।
फोरम गणतान्त्रिकका तत्कालीन अध्यक्षसमेत रहेका गुप्तालाई जेलबाट रिहा हुनासाथ पार्टीका कार्यकर्ता र शुभेच्छुकले स्वागत गरेका थिए । गुप्ताले आफूले संविधानको शपथ खाएर सार्वजनिक पद धारण गरेकाले अदालत र न्यायालयबाट भएको फैसलालाई सम्मान गरेको प्रतिक्रिया दिए । जघन्य अपराधमा आजीवन कारावासको सजाय सुनाइएका व्यक्तिहरू प्रधानमन्त्री, मन्त्रीसँगै देखिनुले कानुन र राज्य संयन्त्रलाई चुनौती खडा गरेको धारणासमेत उनले व्यक्त गरे ।
आफूले उठाएको संघीयताको मुद्दा निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले संघीयताको लडाइँलाई नयाँ ढंगले अघि बढाउने बताए । मधेसी मोर्चाले अन्तरिम चुनावी मन्त्रिपरिषद् बनाउन ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेर आºनै मृत्युवरणलाई रोजेको टिप्पणी गर्दै उनले आक्रोशसमेत जनाए ।

प्रतिक्रिया