एमालेमा विवाद छैनः सचिव पौडेल

Bishnu-Poudel-1काठमाडौं, ५ चैत । एमालेका सचिव विष्णु पौडेलले प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारलाई लिएर पार्टी भित्र कुनै विवाद नरहेको दावी गरेका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा पौडेलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन भए देखिनै एमाले भित्र रहेको विवाद हटेको उल्लेख गरे । उनले भने, ‘बरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेललगायतका नेताहरुले ब्यक्त गरेको असहमति चुनावी सरकार गठन भएसँगै हटेको छ ।’

प्रतिक्रिया