खोलामा आमा र छोराको शव

ताप्लेजुङ, ५ चैत । ताप्लेजुङ जिल्लामा आमा र नाबालक छोराको शव फेला परेको छ ।
साँवा गाविस वडा नम्बर १, दलैंचाकी कमला लिम्बु र उनका पाँच बर्षीया छोरा सोमबार विहान मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कमला र उनका नाबालक छोराको हत्या गरेर खोलामा फालेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ । आमा र छोराको शव गाउँ नजिकैको खोला किनारमा भेटिएको थियो ।
उनीहरुको मृत्युका सम्बन्धमा अनुसन्धन सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

प्रतिक्रिया